३० जेठ २०८३, शनिबार

हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने

चैत १६, २०८०
काठमाडौं
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने

सिन्धुपाल्चोकको उच्च लेकाली भेग हेलम्बुमा ‘हाइअल्टिच्युड भलिबल’ प्रतियोगिता हुने भएको छ ।​

समुन्द्री सतहदेखि दुई हजार पाँच सय मिटरको उचाइमा बागमती प्रदेशस्तरीय अन्तरपालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता हुने भएको हो ।

सो खेल हेलम्बुको पर्यटकीयस्थल सेर्माथाङमा हुनेछ ।

खेल पर्यटन प्रबर्द्धन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

प्रतियोगिता २०८० साल चैत २३ देखि ३० गतेसम्म हुनेछ । पुरुषतर्फको प्रतियोगिता चैत २३ देखि २६ गतेसम्म चल्नेछ ।

यसैगरी चैत २७ देखि ३० गतेसम्म महिलातर्फ भलिबल प्रतियोगिता हुने पालिकाले जनाएको छ ।

खेलमा प्रथम हुने महिला तथा पुरुषको टोलीले रु तीन लाख नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यसैगरी, द्वितीय पुरस्कार रु एक लाख ५० हजार र तृतीय पुरस्कार रु ७५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।

उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्