३० जेठ २०८३, शनिबार

अण्डाको 'समर्थन मूल्य' तोकियो, बिहीवारदेखि लागू हुने

चैत २१, २०८०
काठमाडौं
अण्डाको 'समर्थन मूल्य' तोकियो, बिहीवारदेखि लागू हुने

नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य बिहीवार (चैत २२ गते)बाट लागू हुनेछ ।

नयाँ समर्थन मूल्यअनुसार मध्यम (मिडियम) अण्डा प्रतिक्रेटको मूल्य ३७५ रुपैयाँ तोकिएको छ । 

त्यस्तै, ठूलो अण्डा प्रतिक्रेटको मूल्य ३९० रुपैयाँ र एक्सएल अण्डा प्रतिक्रेट ४५० रुपैयाँ कायम गरिएको छ ।

null

संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न  व्यवसायीहरूलाई आग्रह पनि गरेको छ ।

इटहरी, धनगढी र काठमाडौंमा यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो ।

भौतिक र भर्चुअल रूपमा भएको बैठकमा अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर छलफल भएको संघले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्