२८ जेठ २०८३, बिहीबार
कांग्रेसको संसदीय बोर्ड बैठक

देउवाले प्रस्ताव गरे इलाममा खड्का र बझाङमा सिंहको नाम

चैत २१, २०८०
काठमाडौं
देउवाले प्रस्ताव गरे इलाममा खड्का र बझाङमा सिंहको नाम

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम– २ मा प्रतिनिधिसभा उम्मेदवारका लागि डम्बरबहादुर खड्का र बझाङ प्रदेशसभा–१ का लागि अभिषेक सिंहको नाम प्रस्ताव गरेका छन् । 

आफ्नै निवास बूढानीलकण्ठमा आयोजित संसदीय बोर्डको बैठकमा देउवाले खड्का र सिंहको नाम प्रस्ताव गरेको जानकारी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले दिइन् । 

‘सभापतिले खड्का र सिंहको नाम प्रस्ताव गरिसक्नुभएको छ । सायद यी दुवैको नामलाई बैठकले अन्तिम रुप दिनेछ,’ उनले लोकान्तरसँग भनिन् । 

संस्थापन इतरले भने इलाममा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान लिँदै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्