
आयरल्याण्ड ‘ए’विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ले उत्कृष्ट शुरूआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको नेपाल 'ए' ले उत्कृष्ट शुरूआत गरेको हो । नेपालले शुरूआतमै चार विकेट हात पारेको छ ।
सातौ ओभरको खेल चलिरहँदा नेपालले आयरल्याण्डका महत्वपूर्ण चार ब्याटरलाई आउट गरेको हो । नेपालका शाहब आलमले दुई विकेट लिएका छन् । रिजन ढकाले एक विकेट लिए । आयरल्याण्डका एक ब्याटर रन आउट भए । आयरल्याण्ड २५ रन बनाएर नेपाली बलरविरुद्ध संघर्ष गरिरहेको छ ।
शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले विजयी भएको थियो । यसअघि भएको टी–२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ नेपाल ‘ए’ माथि २–१ को जित निकालेर प्रतियोगितामा कब्जा जमाएको थियो ।