लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन् ।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले महरालाई शुक्रवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
महरा रोल्पाबाट निर्वाचित महरा लुम्बिनी प्रदेशका पाँचौं मुख्यमन्त्री बनेका छन् ।
उनलाई एमालेका २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टी, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसद ४४ समर्थन रहेको नेकपा एमालेका प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए ।
सत्तारुढ गठबन्धनले शुक्रवार बिहान बहुमत सांसदहरूको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।
