
क्रिकेट सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी (विपक्षी) झिकाउने आदेश गरेको छ ।
न्यायाधीशद्वय नृपध्वज निरौला र कृष्णराम कोइरालाको संयुक्त इजलासले शुक्रवार उक्त आदेश गरेको हो । पाटन उच्च अदालतका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार वैशाख ३ गतेका लागि पेशी तोकिएको हो ।
जबरजस्ती करणी मुद्दामा क्रिकेटर लामिछाने काठमाडौं जिल्ला अदालतबाट दोषी ठहर भइसकेका छन् । उनलाई ८ वर्ष कैदको सजाय तोकिएको छ ।
आफूलाई सजाय बढी भयो भनेर लामिछानेले पुनरावेदन गरेका छन् ।
यस्तै सजाय कम भयो भनेर पीडितको तर्फबाट नेपाल सरकारले पुनरावेदन गरेको प्रवक्ता भट्टराईले बताए ।