×

NMB BANK
NIC ASIA

आप्रवासीका लागि काम गर्ने अनुमति समय विस्तार गर्ने बाइडेन प्रशासनको घोषणा

काठमाडाैं | चैत २३, २०८०

NTC
Premier Steels

वासिङ्टन डीसी– हालसालै अमेरिकी नागरिकता र अध्यागमन सेवा (यूएससीआईएस)ले आधुनिकीकरण प्रयासहरूको आधारमा भीसाका लागि अस्थायी अन्तिम नियम (टीएफआर) घोषणा गरेको छ । यसले काम गर्ने अनुमतिको लागि मुख्य रुपमा आप्रवासीहरूको योग्यताका आधारमा वर्गीकरण गरी सुव्यवस्थित गर्ने आधार तय गरेको छ ।   

Muktinath Bank

टीएफआरले निश्चित रोजगार प्राधिकरण कागजात (ईएडीएस)का लागि स्वचालित १८० दिनको अवधिलाई ५४० दिनसम्मका लागि विस्तार गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो नियमले अघिल्लो १२ महिनाको कर्मचारीको कागजात प्रमाणिकरण ९इएडिएस०का लागि छोटो पारिएको समयसमेतलाई  सम्बोधन गर्छ ।


Advertisment
Nabil box
Kumari

बिहीवार घोषणा गरिएको अस्थायी उपायले पहिले नै कार्यकारी तथा गैर–नागरिकहरूको  रोजगार प्राधिकरण र कागजात समाप्त हुनबाट रोक्नेछ । अमेरिकी नागरिकता र अध्यागमन सेवाले उनीहरूको विचाराधीन कागजात प्रमाणिकरण नवीकरण आवेदनहरूको निर्णय गर्न पर्खिरहेका छन् । 

Vianet communication

यसै सम्बन्धमा अमेरिकी रोजगारदाताहरूका लागि भने सञ्चालनको निरन्तरता सुनिश्चित छ । अर्थतन्त्रलाई समर्थन गर्दै कार्यबलमा कार्यरत व्यक्तिहरूलाई सुविधा प्रदान गर्ने बाइडेन प्रशासनको पछिल्लो कदम हो ।

दक्षिण एसियाली आप्रवासीहरूलाई लाभान्वित गर्ने यो ऐतिहासिक घोषणाले ह्वाइट हाउस एसियाली अमेरिकी र हवाई प्यासिफिक आइल्यान्ड (एएएनएचपीआई) कमिसनमा राष्ट्रपति बाइडेनका सल्लाहकार अजय भुटोरियाले गरेको सिफारिसलाई अनुशरण गरेको देखिन्छ । भुटोरियाको प्रयासले आप्रवासन सुधार र ग्रिन कार्ड पर्खाइलाई घटाउने लक्ष्य राखेको छ । यसबाट १० लाखभन्दा बढी दक्षिण एसियालीहरू लाभान्वित भएका छन् ।

ह्वाइट हाउस एएएनएचपीआई आयोगलाई उनको अघिल्लो सिफारिसहरूले संयुक्त राज्य अमेरिकाभित्र अस्थायी भिसाका लागि आन्तरिक नवीकरण गर्न प्रमुख परियोजना सुरु गर्न नेतृत्व गरेको हो । 

यूएससीआईएसको घोषणा आप्रवासी समुदायलाई प्रभाव पार्ने नीतिहरूलाई आकार दिन सामुदायिक वकालत र सहयोगी प्रयासहरूको प्रभावको प्रमाण हो ।

गत वर्ष, यूएससीआईएस कार्यबलले योग्य व्यक्तिहरूमा कामको पहुँच सुधार गर्ने समग्र लक्ष्यलाई समर्थन गर्दै धेरैजसो रोजगार प्राधिकरण कागजात भएको समूहका लागि भिषा समय घटाएको छ । यद्यपि, नवीकरण संयन्त्रलाई असर गर्ने रोजगार प्राधिकरण आवेदनहरूको रेकर्ड सङ्ख्या पनि प्राप्त गरेको युएससीआईएसका निर्देशक उर एम जादोउले प्रेस विज्ञप्तिमाफत जानकारी दिए । 

विद्यमान अस्थायी स्वचालित विस्तारलाई ५४० दिनसम्म लम्ब्याउँदा रोजगार प्राधिकरणहरूमा त्रुटिहरूबाट बच्न सकिन्छ । यो घोषणाले सार्वजनिक टिप्पणीहरू मागेर दीर्घकालीन समाधानहरू विचार गर्न अतिरिक्त मार्ग प्रदान गर्दछ । यसैगरी रोजगार प्राधिकरणका लागि योग्य गैर–नागरिकहरूले लाभ कायम राख्न सक्छन् भन्ने सुनिश्चितता सहित नयाँ रणनीतिहरू पहिचान गर्दछ । जसमा शरणर्थीहरु स्थायी निवासका लागि आवेदन दिने विदेशी नागरिकहरू परिवर्तनका दुई मुख्य लाभग्राही वर्गहरु हुनेछन् ।

यूएससीआईएसका प्रवक्ताका अनुसार नयाँ नियम लागु नभएमा आठ लाख आप्रवासीहरू रोजगारी गुमाउने जोखिममा थिए ।

‘द हिल’का अनुसार बाइडेन प्रशासनले । सन् २०२३ अक्टोबर २७ सम्मका लागि २०२२ मा गरिएको प्रारम्भिक विस्तार समाप्त भएपछि यो दोस्रो पटकको लागि ५४०  दिनको म्याद थप गरेको घोषणा गरेको हो । नयाँ विस्तार २०२२ द्वारा सम्बोधन  गरिएका सबै प्रकारका आप्रवासी स्तरहरूमा लागू हुनेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x