
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महरा बधाई दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई लुम्बिनीमा स्वागत गर्न पुगेका मुख्यमन्त्री महरालाई उनले भेटेरै बधाई दिएका हुन् ।
चैत १७ गतेदेखि लुम्बिनी चलिरहेको विराट चक्र विज्ञान ध्यान शिविरमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिवार लुम्बिनी आएका हुन् ।
सो अवसरमा दाहालले महरालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको महराका स्वकीय सचिव भरत नेपालीले जानकारी दिए ।
मुख्यमन्त्री महराको शपथ ग्रहण आइतवार दिउँसो १ बजेलाई राखिएको छ । महरा शुक्रवार मुख्यमन्त्री नियुक्त भएका हुन् ।
मुख्यमन्त्री महराले प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव भएर करिब ९ वर्ष काम गरेका थिए ।