२८ जेठ २०८३, बिहीबार

रूग्ण उद्योग सञ्चालन गर्न सरकार लागिपरेको छ : मन्त्री भण्डारी

चैत २४, २०८०
काठमाडौं
रूग्ण उद्योग सञ्चालन गर्न सरकार लागिपरेको छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी वस्तुमा आधारित उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासङ्घ नेपालको काठमाडौंमा आयोजित दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले स्वदेशी वस्तुमा आधारित उत्पादनलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्दै नेपाली उत्पादन उपभोग गर्नुपर्नेमा जोड दिए । स्वदेशी वस्तु उत्पादनमा सरकारले सहुलियत प्रदान गर्ने पनि उनले बताए ।

विश्व बजारमा नेपाली उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिँदै उनले तीनै तहका सरकारको समन्वय जरुरी रहेको औंल्याए । मन्त्री भण्डारीले रूग्ण उद्योग सञ्चालनका लागि सरकार लागिपरेको उल्लेख गरे ।

अन्यत्र देशबाट कच्चा पदार्थ ल्याएर बजारमा प्रतिस्पर्धा गर्न नसकिने उल्लेख गर्दै उनले स्वदेशी स्रोत साधनमा आधारित उद्योग नै हाम्रा लागि उपयुक्त हुने बताए । उनले युवाहरूको उद्यमशीलताका लागि उद्योग मन्त्रालय हरसम्भव सहयोगका लागि तत्पर रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्