२२ असार २०८३, सोमबार

चितवनमा ३४ पत्रकार सम्मानित

चैत २४, २०८०
चितवन
चितवनमा ३४ पत्रकार सम्मानित

 नेपाल पत्रकार महासङ्घ चितवनले २५ वर्षभन्दा लामो समयदेखि सक्रिय पत्रकारहरुलाई सम्मान गरेको छ । आज आयोजित अग्रज पत्रकार सम्मान तथा पुरस्कार वितरण समारोहमा ३४ जना अग्रज पत्रकारलाई सम्मान गरिएको शाखाले जनाएको छ । उनीहरुलाई २५ ग्रामको चाँदीको मेडल, ताम्रापत्र, खादा र मालाले सम्मान गरिएको हो । 

त्यसअवसरमा शाखाले हरेक वर्ष प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कार पनि प्रदान गरियो । बालकुमारी बिष्णुकुमारी पत्रकारीता पुरस्कार २०८० बाट पत्रकार केशु लामिछाने, मैयादेवी पत्रकारिता पुरस्कार २०८० बाट नेपाल पत्रकार महासङ्घकी सचिव सृजना अर्याल, श्रुजश्री मैयादेवी पत्रकारिता पुरस्कार २०८० बाट प्रतिमा कुमाल पुरस्कृत भए । 

अनन्त गङ्गा पत्रकारिता पुरस्कार चाँदनी हमाल, तिलचन साँखी पत्रकारिता पुरस्कार, २०७८, २०७९ र २०८० बाट क्रमश शालिग्राम नेपाल, बिमल खतिवडा र टीकादत्त तिमिल्सिना, औद्योगिक पत्रकारिता पुरस्कार २०७९ र २०८० क्रमश सन्तकुमार चौधरी र हीरालाल गुरुङ्लाई प्रदान गरीएको छ ।  भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले उनीहरुलाई सम्मान गरे । 

सो अवसरमा महानगर प्रमुख रेनु दाहालले समाजलाई निराशा बनाउने भाष्य स्थापित हुँदै गरेको भन्दै पत्रकारिताले त्यसलाई चिर्नुपर्ने धारणा राखिन्। 

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताको पक्षमा सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्