२८ जेठ २०८३, बिहीबार
नेताको उद्घाटन मोह

प्रधानमन्त्री प्रचण्ड आज चितवन जाँदै, एकैदिन दुई कार्यक्रम उद्घाटन

चैत २५, २०८०
काठमाडौं
प्रधानमन्त्री प्रचण्ड आज चितवन जाँदै, एकैदिन दुई कार्यक्रम उद्घाटन
एक कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्ड [फाइल तस्वीर ] ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (आइतवार) आफ्नो गृहजिल्ला चितवन जाँदै छन् ।

भरतपुर केन्द्रीय अस्पतालको ६८औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न उनी त्यहाँ जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे कार्यक्रममा सहभागी हुने भरतपुर अस्पतालले लोकान्तरलाई जानकारी दियो ।

यस्तै उनले ले चितवनको भरतपुर–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताको पनि औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको भरतपुर महानगरपालिकाले जनाएको छ । सो कार्यक्रमको उद्घाटन अपरान्ह ४ बजे हुनेछ ।

संयोगवश नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डकी छोरी रेनु दाहाल भरतपुर महानगरकी प्रमुख (मेयर) छिन् । उनी छोरीकै निम्तोमा खेलुकद कार्यक्रम उद्घाटन गर्न जान लागेका हुन् ।

पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड आफ्नो यो कार्यकालमा नतिजा देखिनेगरी काम गर्ने बरु उद्घाटनजस्ता कार्यक्रममा धेरै समय खर्च नगर्ने बताइरहेका छन् । तर संयोगवश आज उनले एकैदिन दुईवटा कार्यक्रम उद्घाटन गर्नुपर्ने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्