३१ असार २०८३, बुधबार

आयरल्यान्ड वुल्भ्सविरुद्ध अर्जुन कुमालको शतक

चैत २५, २०८०
काठमाडौं
आयरल्यान्ड वुल्भ्सविरुद्ध अर्जुन कुमालको शतक

'नेपाल ए' टीमका युवा ओपनर अर्जुन कुमालले शतकीय पारी खेलेका छन् ।

१८ वर्षीय ब्याटर कुमालले कीर्तिपुरस्थित टीयू मैदानमा आयरल्यान्ड वुल्भ्सविरुद्ध शतकीय पारी खेलेका हुन् ।

यू-१९ विश्वकपमा शुरूमा शानदार पारी खेले पनि त्यसयता फर्मलाई निरन्तरता दिन नसकेका कुमालले आइतबार निकै सुझबुझपूर्ण पारी खेले ।

शृंखला हारिसके पनि नेपालले सान्त्वना जीतको खोजीमा छ ।

अघिल्ला खेलहरूमा २०० भन्दा तलको लक्ष्य पच्छ्याउन नसकेर पराजित भएको नेपाल आइतबार २८५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको छ । 

त्यसक्रममा अर्जुन शतक प्रहार गरेर आउट भएका छन् । यो समाचार तयार पार्दासम्म नेपालले ३५ ओभरमा ७ विकेट गुमाएर २०४ रन जोडेको  छ ।


 

salt training

कमेन्ट गर्नुहोस्