१० साउन २०८३, आइतबार

सम्पत्ति शुद्धीकरण मुद्दामा लम्बोदर न्यौपाने दोषी ठहर, सजाय निर्धारण गर्न वैशाख १६ गते पेशी

चैत २५, २०८०
काठमाडौं
सम्पत्ति शुद्धीकरण मुद्दामा लम्बोदर न्यौपाने दोषी ठहर, सजाय निर्धारण गर्न वैशाख १६ गते पेशी

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले आइतवार न्यौपानेलाई दोषी ठहर गरेको हो । उनलाई सजाय निर्धारणका लागि आगामी वैशाख १६ गते पेशी तोकिएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले न्यौपानेसहित कलेजका तत्कालीन सञ्चालकविरुद्ध गैरकानूनी रुपमा सम्पति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको थियो ।

न्यौपाने बाहेक अन्यले सफाइ पाएका छन् ।

न्यौपानेले  १२ करोड ४४ लाख रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अदालतले ठहर गरेको छ ।

उनले कलेजको रकम आफ्नो निजी खातामा हालेका थिए ।

५ वर्षसम्म उनले कलेजबाट मासिक ६ लाख रुपैयाँ पारिश्रमिक, १ करोड ५० लाख रुपैयाँको गाडी लिनुका साथै विभिन्न शीर्षकमा हजारौं रुपैयाँ भत्ता लिने गरेका थिए ।

उनले ५३ पटकसम्म कलेजको खातामा राख्नु पर्ने रकम निजी खातामा राखेको पाइएको छ। उनले करसमेत तिर्ने गरेका थिएनन् ।

कलेजका अर्का सञ्चालक रामरत्न उपाध्याय, इन्दिरा उपाध्याय, उपेन्द्र गौतम, लबराज भट्टराई, सूर्यबहादुर केसी (दिवंगत), र दीपक भट्टराई (दिवंगत) र हरिप्रसाद पाण्डेले सफाइ पाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्