
प्रतिनिधि सभा बैठकको गतिरोधलाई अन्त्य गर्ने प्रयास स्वरूप सभामुख देवराज घिमिरले प्रमुख चार दलसँग संवाद थालेका छन् ।
मंगलवार बैठक बस्नुपूर्व सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, रास्वपा सभापति रवि लामिछानेसहितको बैठक बोलाएका हुन् ।
बैठक सभामुखको कार्यकक्षमा केही बेर अगाडि शुरू भएको छ ।
मुख्य गरी प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा स्वार्थ बाझिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै आएको छ । कांग्रेसले समिति गठन नगरिए संसद्मा अवरोध गर्नेसम्मको चेतावनी पटक-पटक दिँदै आएको छ ।
बजेट बाहेकका अरु प्रक्रियाका अवरोध गर्ने चेतावनी कांग्रेसले दिएपछि सभामुखले अग्रसरता लिएर छलफलमा जुटेका हुन् ।
कांग्रेसको सोमवार बिहान मात्रै बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले पनि छानबिन समितिको विषयलाई बटमलाइन बनाएको छ ।
बैठकमा कांग्रेस, एमाले, माओवादी र रास्वपका प्रमुख सचेतकहरू पनि सहभागी छन् ।