०१ असार २०८३, सोमबार

चन्द्रागिरि नगरपालिकाद्वारा आगलागी नियन्त्रण गर्न दमकलसहित नगरप्रहरी परिचालन

चैत २६, २०८०
काठमाडौं
चन्द्रागिरि नगरपालिकाद्वारा आगलागी नियन्त्रण गर्न दमकलसहित नगरप्रहरी परिचालन

चन्द्रागिरि नगरपालिकाले सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) लागेको आगलागी नियन्त्रणका लागि आफूसँग रहेको दमकल, नगरप्रहरीसहित अन्य सामग्रीमा प्रयोगमा ल्याइरहेको छ । 

नगरप्रमुख घनश्याम गिरीले आगलागी भएको घटना थाहा पाउना साथ आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल, नगरप्रहरी, अन्य सामग्री र स्थानीय पानी ट्याङ्करसहित स्थानीयवासी  परिचालन भइराखेको जानकारी दिए । उनले भने, “म अहिले  आगलागी क्षेत्रमै छु, आगो नियन्त्रणका लागि दमकलसहित अन्य सामग्री प्रयोग भइराखेका छन् । आसपासमा घर सुरक्षित रहेका छन् । म स्थानीयवासीले पुर्‍याएको सहयोगलाई धन्यवाद दिन चाहन्छु ।”

उनले आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल सर्वप्रथम घटनास्थलमा पुगेको जानकारी दिए । नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले  आगो नियन्त्रणका तत्काल  नगरपालिकाको दमकल पुगेको बताए ।   अहिले नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्