
एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको फागुुन महिनाको तुुलनामा चालुु आवको फागुुन मसान्तसम्म अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ९.४ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ८३.९५ अमेरिकी डलरमा पुुगेको छ ।
गत वर्ष सो अवधिमा अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल तेलको मूल्य ७६.७७ अमेरिकी डलर रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्ने गर्छ । गोरखापत्रमा खबर छ ।