२६ असार २०८३, शुक्रबार

निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपाको प्रदर्शनमा झडप, प्रहरीले हान्यो पानीको फोहोरा

चैत २७, २०८०
काठमाडौं
निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपाको प्रदर्शनमा झडप, प्रहरीले हान्यो पानीको फोहोरा
फाइल फोटो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा शुरू गरेको प्रदर्शनमा झडप भएको छ ।

प्रदर्शनका क्रममा सोमवार निषेधित क्षेत्र तोड्न खोजेपछि भद्रकालीमा झडप भएको हो ।

४० बुँदे माग राख्दै भृकुटीमण्डपबाट शुरू भएको राप्रपाको जुलुस सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । त्यसपछि झडप भएको हो ।

जुलुसले निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो । 

राप्रपाको जुलुस लक्षित ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सादा पोसाकका विशेष प्रहरीको टोली परिचालन गरिएको छ ।

राप्रपाले सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले आज काठमाडौं केन्द्रित जनप्रदर्शनको आयोजना गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्