११ साउन २०८३, सोमबार

कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेल नियुक्त

चैत २७, २०८०
काठमाडौं
कर्णालीको मुख्यमन्त्रीमा एमालेका कँडेल नियुक्त

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेलले नियुक्त भएका छन्।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले उनलाई मंगलवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

सत्ता साझेदार एमाले र माओवादी केन्द्रबीचको सहमतिका आधारमा कँडेलले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि २१ जना सांसदको आवश्यकता पर्छ ।

उनलाई एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प्रदेश सभा सदस्यको समर्थन छ ।

मुख्यमन्त्री बन्नका लागि समर्थन गरे पनि मन्त्रालय बाँडफाँटमा कुरा नमिलेसम्म सरकारमा नजाने माओवादीको अडान छ ।

माओवादीले आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार तथा शहरी विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयमा दाबी राख्दै आएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्