२६ असार २०८३, शुक्रबार

श्रीलङ्कामा बैङ्क प्रशासन सुधारका लागि सरकारी प्रतिवद्धता

चैत २७, २०८०
काठमाडौं
श्रीलङ्कामा बैङ्क प्रशासन सुधारका लागि सरकारी प्रतिवद्धता

सरकारी स्वामित्वका बैङ्कहरूको प्रशासनमा सुधार गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रस्तावमा सरकार प्रतिवद्ध देखिएको छ । 
श्रीलङ्काको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाका अनुसार आइएमएफसँगको एक कार्यक्रमअन्तर्गत सरकारी स्वामित्वका बैंकहरूको प्रशासनमा सुधार गर्ने प्रस्तावलाई सोमबार अनुमोदन गरिएको छ । 
यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क र श्रीलङ्काको केन्द्रीय बैङ्कका प्रतिनिधि सम्मिलित समितिले स्वीकृत सुधारको पहिचान गरेको पनि उनको धारणा थियो । 
उनकाअनुसार विश्व बैङ्कको बजेट सहायता (ऋण) यस पहिले तोकिएका काम पूरा भएपछि मात्र वितरण गरिने छ । 
मार्च २०२३ मा, आईएमएफले श्रीलङ्काको आर्थिक नीति र सुधारलाई समर्थन गर्न लगभग तीन अर्ब अमेरिकी डलरको आर्थिक सुधार कार्यक्रमअन्तर्गत ४८ महिनाको विस्तारित व्यवस्थालाई अनुमोदन गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्