
प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । मंगलबार नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो ।
कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै मंगलबार संसद् अवरुद्ध गरेको थियो ।
बैठकमा कांग्रेसका सांसदहरूले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै सदनमा उभिएर विरोध जनाएका जनाएका थिए।
सांसदहरूले संसद्मा निरन्तर अवरोध जनाएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर कांग्रेसले संसद् चल्न नदिने भएपछि सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो ।
गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने कांग्रेसले चेतावनी दिएको छ ।