०९ साउन २०८३, शनिबार

मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ

चैत २८, २०८०
काठमाडौं
मुख्यमन्त्री कँडेलले लिए पद तथा गोपनीयताको शपथ
फाइल तस्वीर

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

उनी नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको समर्थनमा मङ्गलवार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुख्यमन्त्री कँडेलले आजै पदबहाली गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्