
ललितपुरको बालकुमारी–ग्वार्को सडक आजदेखि ६ रात पूर्णरुपमा बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिले आजदेखि वैशाख ११ गतेसम्म रातको समयमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।
ललितपुरका एसएसपी शेखर खनालले सो सडकमा राति १० बजेदेखि ४ बजेसम्म सवारी साधनका साथै पैदल यात्रीलाई समेत हिँड्न निषेध गरिएको जानकारी दिए । फ्लाई ओभर निर्माण गर्न सडक नै बन्द गर्न लागिएको छ । ग्वार्को फ्लाइओभरको काम धमाधम भइरहेको छ ।