२८ जेठ २०८३, बिहीबार

‘प्रहरी हुँ’ भन्दै लुटपाट, २ जना पक्राउ

बैशाख ६, २०८१
काठमाडौं
‘प्रहरी हुँ’ भन्दै लुटपाट, २ जना पक्राउ

‘प्रहरी हुँ’ भन्दै लुटपाट गरेको आरोपमा काभ्रेपलाञ्चोकका दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तिमाल गाउँपालिका–७ का सन्देश तामाङ र रोशी गाउँपालिका–३ का हिरालाल तामाङ छन् ।

उनीहरूले गत चैत २ गते गोठाटार नगरपालिका–५ स्थित यज्ञ मार्टको क्याफेमा चिया पिएर बसिरहेका सप्तरी राजविराजका विजय गोइतलाई अवैध सुन कारोबारीको नाममा धम्क्याएर ४० हजार रुपैयाँ, सुनको औँठी लिएर फरार भएका थिए ।​

गोइतले प्रहरीमा खबर गरेपछि खोजतलास गर्दा तामाङद्वयलाई नयाँ बस्तीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनीहरूले गोइतलाई ‘हामी सिभिल प्रहरी हौं, तपाईँले सुनको कारोबार गर्नुहुन्छ भन्ने सूचना पाएका छौं’ भन्दै शरीर खानतलासी गरेर नगद र औँठी लिएर भागेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्