
हुण्डी कारोबार गरेको आरोपमा धनुषास्थित धनुषाधाम गाउँपालिका– ५ घर भएर काठमाडौं ताहाचल बस्ने पियुष खेतानलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
गत शनिवार काठमाडौं महानगरपालिका– २२ मा सञ्चालित रञ्जना कम्प्लेक्समा हुण्डी कारोबार गरिरहेको अवस्थामा खेतानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले खेतानबाट १७ लाख ३१ हजार रुपैयाँ र मोबाइल बरामद गरेको छ । खेतानले उक्त कम्प्लेक्समा फेसन पेशन नामक रेडिमेट कपडा पसल सञ्चालन गर्दै आएका थिए ।
उनले आवरणमा उक्त पसल सञ्चालन गरेपनि भित्रभित्रै हुण्डीको कारोबार गर्दै आएको प्रहरी दाबी छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार खेतानको मोबाइल हेर्दा उनले क्रिप्टोकरेन्सीमार्फत् कारोबार गर्दै आएको खुलेको थियो ।
प्रहरीले खेतानमाथि अनुसन्धान गरिरहेको एसपी अधिकारीले बताए ।