काठमाडौं, २८ असोज– सरकार विस्तार गर्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच अहिले केहीबेरमा भेटवार्ता हुने भएको छ ।
भेटवार्तामा सरकार विस्तार तथा निर्वाचन आचारसंहिता, निर्वाचनको तयारी लगायत विषयमा छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री देउवाले शुक्रवार कमल थापा नेतृत्वको राप्रपाबाट मन्त्री र राज्यमन्त्री थपेपछि राजनीतिक उतारचढाव बढेको छ ।
यस्तै आजदेखि संसद समेत विघटन हुने भएकाले सरकार कामचलाउमा परिणत हुने छ ।