![पाँच दिनसम्म चल्ने बालाजु ‘बाइसधारा मेला’मा भक्तजनको भीड [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/22dhara_baesdhara_mela_3_4EuIZsoD3Q.jpg)
काठमाडौंको बालाजु बाइसधारामा स्नान तथा पूजा गर्नेहरूको आज बिहानैदेखि घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बालाजु बाइसधारामा मेला लाग्ने गर्दछ । यो मेला पाँच दिनसम्म चल्छ।

स्थानीय नेवार समुदायले ‘ल्हुति पुन्हि’ पनि भन्ने यो मेला भर्न बालबालिका, किशोर किशोरी र ज्येष्ठ नागरिकहरू पनि पुगेका छन् । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पूण्य प्राप्त हुने जनविश्वास छ ।

भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने अनुमान समितिले गरेको छ ।












तस्वीर: नेपाल फोटो लाइब्रेरी