११ साउन २०८३, सोमबार

रुपन्देहीको सेमलारमा शुरू भयो इन्डो-नेपाल ब्याडमिन्टन ट्रेनिङ

बैशाख ११, २०८१
काठमाडौं
रुपन्देहीको सेमलारमा शुरू भयो इन्डो-नेपाल ब्याडमिन्टन ट्रेनिङ

​ब्याडमिन्टन-२१ एकेडेमीले शुरू गरेको इन्डो-नेपाल ब्याडमिन्टन ट्रेनिङ क्याम्प रुपन्देहीको सेमलार पुगेको छ ।

काठमाडौं, भक्तपुर, धादिङ हुँदै सेमलार पुगेको एकेडेमीले मंगलवारदेखि नै सेमलार ब्याडमिन्टन क्लब, बुटवल-१५ को कबर्ड हलमा ट्रेनिङ शुरू गरेको छ ।

नेपाल र भारतका जुनियर खेलाडीहरूबीच मैत्रीपूर्ण खेल र संयुक्त ट्रेनिङ गराउन लागिएको हो । उक्त क्याम्पमा १० जना सेमलार एकेडेमीका र १० जना भारतका गरी २० जना खेलाडी समावेश भएका हुन् ।

नेपाल टिमका अन्डर-१३ का शीर्ष स्थानका खेलाडी सुदेश राजकोटी पनि क्याम्पमा सहभागी छन् ।

क्याम्पको शुभारम्भ कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले आफूहरूले दु:ख गरेर बनाएको कबर्ड हलले अब मूर्तरूप लिन थालेको बताएका थिए ।​​

null

सेमलारमा ब्याडमिन्टन एकेडेमी खोल्न सहयोग गरेकोमा वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालप्रति उनले आभार व्यक्त गरे ।

त्यसैगरी बुटवल उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १५ का वडाध्यक्ष शिव थापाले लुम्बिनी प्रदेशको पहिलो ब्याडमिन्टन एकेडेमी आफ्नो वडामा स्थापना भएकोमा खुशी व्यक्त गरे ।​

ब्याडमिन्टन खेलाडीहरू उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेकोमा गर्व महसुस भएको उनले बताए ।

ब्याडमिन्टन २१ एकेडेमीका डाइरेक्टर उदय अर्यालले यो ट्रेनिङ्ग क्याम्पले नेपाली जुनियर खेलाडीहरूको मनोबल बढेको र भविष्यमा नेपाली खेलाडीहरूलाई पनि भारतीय एकेडेमीहरूको  ट्रेनिङ्ग क्याम्पमा लैजाने कार्यक्रम रहेको बताए ।

वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर अर्याल

सेमलार ब्याडमिन्टन क्लबका अध्यक्ष पूर्ण प्रकाश थापाले ब्याडमिन्टन एकेडेमीहरू थप गरेर सेमलारबाट प्रतिभाशाली खेलाडीहरू उत्पादन गर्ने लक्ष्य साथ अघि बढेको बताए ।​

क्वालिफाइड ब्याडमिन्टन कोच सरोज सुनारको मेहनतले ३ महिना भित्र केही परिवर्तन र सफल परिणाम देखिन थालेको उनले बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्