×

NMB BANK
NIC ASIA

रुपन्देहीको सेमलारमा शुरू भयो इन्डो-नेपाल ब्याडमिन्टन ट्रेनिङ

काठमाडाैं | बैशाख ११, २०८१

NTC
Premier Steels

​ब्याडमिन्टन-२१ एकेडेमीले शुरू गरेको इन्डो-नेपाल ब्याडमिन्टन ट्रेनिङ क्याम्प रुपन्देहीको सेमलार पुगेको छ ।

Muktinath Bank

काठमाडौं, भक्तपुर, धादिङ हुँदै सेमलार पुगेको एकेडेमीले मंगलवारदेखि नै सेमलार ब्याडमिन्टन क्लब, बुटवल-१५ को कबर्ड हलमा ट्रेनिङ शुरू गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल र भारतका जुनियर खेलाडीहरूबीच मैत्रीपूर्ण खेल र संयुक्त ट्रेनिङ गराउन लागिएको हो । उक्त क्याम्पमा १० जना सेमलार एकेडेमीका र १० जना भारतका गरी २० जना खेलाडी समावेश भएका हुन् ।


Advertisment
Nabil box
Kumari

नेपाल टिमका अन्डर-१३ का शीर्ष स्थानका खेलाडी सुदेश राजकोटी पनि क्याम्पमा सहभागी छन् ।

Vianet communication

क्याम्पको शुभारम्भ कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले आफूहरूले दु:ख गरेर बनाएको कबर्ड हलले अब मूर्तरूप लिन थालेको बताएका थिए ।​​

null

सेमलारमा ब्याडमिन्टन एकेडेमी खोल्न सहयोग गरेकोमा वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्यालप्रति उनले आभार व्यक्त गरे ।

त्यसैगरी बुटवल उपमहानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर १५ का वडाध्यक्ष शिव थापाले लुम्बिनी प्रदेशको पहिलो ब्याडमिन्टन एकेडेमी आफ्नो वडामा स्थापना भएकोमा खुशी व्यक्त गरे ।​

ब्याडमिन्टन खेलाडीहरू उत्पादन गर्ने लक्ष्यका साथ अघि बढिरहेकोमा गर्व महसुस भएको उनले बताए ।

ब्याडमिन्टन २१ एकेडेमीका डाइरेक्टर उदय अर्यालले यो ट्रेनिङ्ग क्याम्पले नेपाली जुनियर खेलाडीहरूको मनोबल बढेको र भविष्यमा नेपाली खेलाडीहरूलाई पनि भारतीय एकेडेमीहरूको  ट्रेनिङ्ग क्याम्पमा लैजाने कार्यक्रम रहेको बताए ।

वरिष्ठ अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर अर्याल

सेमलार ब्याडमिन्टन क्लबका अध्यक्ष पूर्ण प्रकाश थापाले ब्याडमिन्टन एकेडेमीहरू थप गरेर सेमलारबाट प्रतिभाशाली खेलाडीहरू उत्पादन गर्ने लक्ष्य साथ अघि बढेको बताए ।​

क्वालिफाइड ब्याडमिन्टन कोच सरोज सुनारको मेहनतले ३ महिना भित्र केही परिवर्तन र सफल परिणाम देखिन थालेको उनले बताएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x