
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरेको छ ।
सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसलामा चित्त नबुझी बुधवार सर्वोच्चमा पुनरावेदन गरिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रतिवादी जिल्ला खेलकुद विकास समिति सप्तरीका तत्कालीन अध्यक्ष एजेट न्यासुरविरुद्ध १३ लाख २७ हजार ४३० रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाका साथै बिगो असुलउपरको मागदाबी आयोगले गरेको थियो ।
तर विशेषले दाबी नपुग्ने भन्दै उनलाई सफाइ दिएको थियो । विशेषको उक्त फैसलाविरुद्ध आयोग सर्वोच्च पुगेको हो ।