११ साउन २०८३, सोमबार

चलचित्र ‘ऐश्वर्य’ को प्रचारमा किन गुपचुप केकी?

कात्तिक २०, २०७४
चलचित्र ‘ऐश्वर्य’ को प्रचारमा किन गुपचुप केकी?

काठमाडौं, २९ असोज – चलचित्र ‘ऐश्वर्य’ को राम्रै चर्चा छ यतिबेला । अभिनेता रमेश उप्रेती, प्रशान्त ताम्राकार र दीपिका प्रसाईं यतिबेला खुबै प्रचारमा जुटेका छन् तर चलचित्रको ट्रेलरमा अटाएकी केकी अधिकारी भने यतिबेला लगभग गुपचुप छिन् ।

चलचित्रको प्रचारमा कतै नदेखिएकी केकी आफ्नो फेसबूक पेजमा पनि ‘ऐश्वर्य’ को पोस्टर पनि शेयर गरेकी छैनिन् । उनले हरेक फिल्मलाई चासोका साथ प्रचारमा साथ दिने केकीले यो चलचित्रलाई कुनै चासो नदिँदा उनका फ्यान पनि अचम्ममा परेका छन् ।

पछिल्लो समयकी यी चल्तीकी नायिकाका केही चलचित्र सोचेअनुरुप सफल पनि बन्न सकेका थिएनन् । झन् यतिबेला चलचित्रको प्रचारमा पनि त्यति नदेखिनु र पोस्टरमा पनि कमै मात्र अट्नुको पछाडि के गोप्यता छ भन्ने निर्माण टिमलाई नै थाहा होला । बाहिर भने ट्रृेलरमा कम देखाइँदा केकी रिसाएको भन्ने हल्ला चलिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्