
इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता झन् बढेको छ ।
जारी मतगणनामा सुहाङले १२ हजार ४०५ मत प्राप्त गरेका छन् ।
कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ८८२ मत ल्याएका छन् ।
सुहाङ ४ हजार ५२३ मतान्तरले अगाडि रहेका हुन् ।
तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको ७ हजार ७६९ मत आएको छ । यो कांग्रेसको भन्दा ११३ मतले मात्रै कम हो ।
रास्वपाका मिलन लिम्बूले १ हजार ६३६ मात्रै मत प्राप्त गरेका छन् ।