२४ असार २०८३, बुधबार

घुससहित पक्राउ परेका महाराजगञ्ज वडा अध्यक्ष अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बैशाख १७, २०८१
काठमाडौं
घुससहित पक्राउ परेका महाराजगञ्ज वडा अध्यक्ष अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर २ का अध्यक्ष उजेर अलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

घरबाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ परेका अलीविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उनी २०८० चैत १८ गते सेवाग्राहीबाट लिएको १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।​​​

उनीविरुद्ध १५ हजार रुपैयाँ नै बिगो कायम गरेर कैद र बिगो बमोजिम जरिवानाको मागदाबी आयोगले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्