२८ असार २०८३, आइतबार

कतारबाट आएका व्यक्तिको विमानस्थलबाटै अपहरण, २ जना पक्राउ

बैशाख १८, २०८१
काठमाडौं
कतारबाट आएका व्यक्तिको विमानस्थलबाटै अपहरण, २ जना पक्राउ

कतारबाट काठमाडौं उत्रिएलगत्तै अपहरणमा परेका राजविराजका सितेन्द्र यादवलाई प्रहरीले उद्धार गरेको छ ।

सोमवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपहरणमा परेका यादवलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मंगलवार बिहान उद्धार गरेको हो ।

साथै अपहरणमा संलग्न अजिम अली र सलिम अलाहीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।​

उनीहरूले विमानस्थलबाटै यादवको अपहरण गरेका थिए ।

यादवलाई कोठामा पुर्‍याएपछि उनीहरूले उनकी श्रीमतीलाई फोन गरेर ४ लाख ८० हजार रुपैयाँ फिरौती मागेका थिए।​

प्रहरीका अनुसार यादवलाई  कोठामा लगेर हात खुट्टा बाँधेर राखिएको अवस्थामा ​सिनामंगलबाट उद्धार गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्