२२ असार २०८३, सोमबार

कागबेनीमा कलेज बस दुर्घटना, २१ जना घाइते

बैशाख १८, २०८१
म्याग्दी
कागबेनीमा कलेज बस दुर्घटना, २१ जना घाइते

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।  

काठमाडौंबाट कलेजका विद्यार्थी लिएर मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आएको प्रदेश-३-०१-००६ ख ६२२ नम्बरको यात्रुवाहक बस मुक्तिनाथबाट जोमसोम फर्किन क्रममा आज बिहान करिब ९ बजे कागबेनीमा दुर्घटना भएको थियो ।

सडकको घुम्तीको ओरालोमा दुर्घटनामा परेको बसमा सवारमध्ये १४ जना पुरुष र सात महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । 

बसमा चालकसहित ३० जना सवार रहेका थिए ।

दुर्घटनामा परेर घाइते भएकालाई स्थानीय, जनप्रतिनिधि र प्रहरीले उद्धार गरी मुस्ताङ जिल्ला अस्पताल पुर्‍याएका छन् ।

अहिले घाइतेहरूको उपचार भइरहेको र अवस्था सबैको सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए । 

प्रारम्भिक अनुसन्धानको क्रममा बसको ब्रेकफेल भएपछि बीच सडकमा नै बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

बस पल्टिएपछि करिब तीन घण्टा कागबेनी-मुक्तिनाथ सडक अवरुद्ध भएको थियो ।​

जनप्रतिनिधि, प्रहरी र प्रशासनको समन्वयमा डोजरको सहायताले बसलाई सडक किनारामा​ पन्छाएपछि अवरुद्ध सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्