२५ असार २०८३, बिहीबार

इलामको विजय र्‍यालीमा ओली– सुहाङलाई राजकुमार भन्नेलाई जनताले देखाइदिए

बैशाख १८, २०८१
इलाम
इलामको विजय र्‍यालीमा ओली– सुहाङलाई राजकुमार भन्नेलाई जनताले देखाइदिए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाममा उठेका अनेक प्रश्नको जवाफ मतदाताले व्यवहारबाट दिएको बताएका छन् । एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउने अभियानलाई मतदाताले अनुमोदन गरेको उनले बताए । 

मंगलवार इलाममा विजय र्‍यालीपछिको सभालाई सम्बोधन गर्दै ओलीले एमाले उम्मेदवारलाई राजाको छोरा भनेर आरोप लगाउनेलाई मतदाताले जवाफ दिएको बताएका हुन् ।

‘अनेक प्रश्न उठेका थिए, जवाफ व्यवहारबाट दिनुभएको छ । सुहाङलाई राजाको छोरा भनेर तुलना गरिएको थियो, के सुवास नेम्वाङ राजा हुनुहुन्थ्यो ? उहाँ जनताको छोरा होइन । योद्धाको छोरो योद्धा नभएर के स्यालको छोरा बाघ हुन्छ ?’, ओलीले प्रश्न गरे । 

नेपाली कांग्रेसका नेताहरूले नेम्वाङको उम्मेदवारीलाई वंश वादसँग जोडेका थिए । ओलीले समृद्ध नेपाल सुखी नेपालीको एमाले अभियानलाई जनताले अनुमोदन गरेको बताए । 

null

ओलीले नेपालको पहिचान नेपाली भएकोले प्रदेशको साझा नाम राख्दा केही नबिग्रने बताए ।

‘अघि सुहाङले भन्नुभयो– सयौं थुँगा फूलका एउटै नेपाली हौं । हामी बहुजाती र बहुभाषी छौं । पहिचान के हो भन्दा इलाममा सूर्य चिन्हले जित्यो त्यही पहिचान । सूर्योदयको ठाउँमा जित्यो, समृद्धि नेपाल सुखी नेपालको नाराले सुदूरमा पनि जित्यो । त्यही पहिचान हो’, ओलीले भने । 

ओलीले इलामका सचेत जनतालाई सलाम गर्न चाहेको बताए । ‘देश विकासको संकल्प साथ गरिएको प्रतिबद्धता हो, उपयुक्त उम्मेदवार छान्नु भएको छ, एमाले कार्यकर्ताको एकतालाई सलाम भन्न चाहन्छु’, ओलीले भने ।

null

salt training

कमेन्ट गर्नुहोस्