१३ असार २०८३, शनिबार

अपहरण तथा शरीर बन्धक गर्न संलग्न दुई जना पक्राउ

बैशाख १८, २०८१
काठमाडौं
अपहरण तथा शरीर बन्धक गर्न संलग्न दुई जना पक्राउ

अपहरण तथा शरीर बन्धक गर्न संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने सर्लाही मलंगवा नगरपालिका-३ घर भएका २५ वर्षीय अजिम अली र सोही नगरपालिका-७ बस्ने २५ वर्षीय एमडि सनी अलाही रहेका छन् । 

सप्तरी राजविराज नगरपालिका-१३ बस्ने पुरूष अपहरणमा परेको र मुक्त हुन ४ लाख ८० हजार दिनुपर्ने भन्दै  सोमबार साँझ प्राप्त सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सिनामंगलबाट पीडितको उद्धार गर्नुका साथै दुवै जना अभियुक्तलाई पक्राउ गरेको हो । 

पीडित कतारबाट फर्किदा अजिमका आफन्तले पठाएको २५ ग्राम सुन अजिमले नपाई अर्कै व्यक्तिलर सुन लगेको भन्दै अजिमले आफ्नो डेरामा जबरजस्ती लगि कुटपिट गर्नुका साथै पीडितको श्रीमतीलाई ४ लाख ८० हजार दिए पश्चात मात्र छाड्ने भनि विभिन्न किसिमका डर/त्रास तथा धाक धम्की दिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्