२९ असार २०८३, सोमबार

आयोगमा दर्ता भएका ५२ दलले बुझाए समानुपातिक सूचि

कात्तिक २०, २०७४
आयोगमा दर्ता भएका ५२  दलले बुझाए समानुपातिक सूचि

काठमाडौं, २९ असोज— निर्वाचन आयोगमा दर्ता भएका ५२ दलले आइतबार समानुपातिक उम्मेदवारको बन्द सूचि पेश गरेका छन् ।aayog--

साँझ आयोगमा पत्रकार सम्मेलन गरी निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आयोगमा दर्ता भएका ५२ दलले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि बन्द सूचि पेश गरेको बताए ।
आयोगले समानुपातिक तर्फको उम्मेदवारको सूचि बुझाउन आईतबार विहान १० बजदेखि अपरान्ह ५ समयसीमा दिएको थियो ।
आयोगका अनुसार सबै भन्दा पहिलो समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचि राष्ट्रिय यथार्थवादी पार्टी, नेपालले बुझाएको छ ।

बन्द सूचीमा राजनीतिक दलहरू ५० प्रतिशत महिला समावेश गर्नुपर्ने प्रावधान छ ।
संविधानसभाबाट जारी नेपालको संविधानअनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि पहिलोपटक यस्तो उम्मेदवारी दर्ता भएको हो ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि आइतबार उम्मेदवारहरूको बन्दसूची बुझाउने कार्यतालिका तय गरेको थियो ।
आयोगले समानुपातिक तर्फको उम्मेदवारको बन्द सूचि सच्याउन कार्तिक १२ गतेसम्मको समय दिएको छ ।


यसैबीच प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचन आचारसंहिता उलंघन नगर्न पनि सरकार र राजनीतिक दलहरुलाई पुनः सचेत गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्