२३ जेठ २०८३, शनिबार

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बैशाख १९, २०८१
बाग्लुङ
डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ जलेर नष्ट भएका छन् । जिल्लाको बागलुङ नगरपालिका–१२ डाँडाखेतमा स्थानीय दधिराम पौडेल यदुनाथ पौडेलको घर गोठ जलेर नष्ट भएको हो । 

आगलागीमा परी दधिराम पौडेल घाइते हुनुभएको छ । घाइते पौडेललाई धौलागिरि अस्पताल बागलुङमा ल्याइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

आज दिउँसो डाँडाखेत सामुदायिक वनमा लागेको आगो बस्तीमा बस्दा घर गोठ जलेको उनको भनाइ छ । गोठ जल्दा पाँच वटा गाई, पाँच बाख्रा मरेको उपप्रमुख खड्काले बताए । सामुदायिक वनमा लागेको आगोले डाँडाखेत गाउँनै जोखिममा रहेको उनले बताए । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा ल्याउन खोजे पनि अहिलेसम्म नियन्त्रणबाट आउन नसकेको खड्काको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्