३१ असार २०८३, बुधबार

वेस्ट इन्डिज ‘ए’ विरुद्ध जित्नैपर्ने दबाबमा नेपाल

बैशाख २०, २०८१
काठमाडौं
वेस्ट इन्डिज ‘ए’ विरुद्ध जित्नैपर्ने दबाबमा नेपाल

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले आज टी-२० शृंखलाको चौथो खेल खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ । 

पाँच खेलको सिरिजमा वेष्टइण्डिज ए २-१ ले अघि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नै पर्ने दबाब छ ।

 यसअघि सम्पन्न तीनमध्ये दुई खेल वेस्ट इन्डिज ‘ए’ले जितेको थियो । पहिलो खेल भने नेपालले जितेको थियो । 

वेस्ट इन्डिज ‘ए’ले दोस्रो खेलमा घरेलु टिमलाई १० रनले र हिजो भएको तेस्रो खेलमा ७६ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा भने नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जीत निकालेको थियो ।

दुई टिमबीचको पाँचौं तथा अन्तिम खेल शनिबार हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्