०१ साउन २०८३, शुक्रबार

तीन प्रदेशमा हावाहुरी चल्ने, कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

बैशाख २०, २०८१
काठमाडौं
तीन प्रदेशमा हावाहुरी चल्ने, कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको  छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएकव छ । 

कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना छ।

आज राति कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।  

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्