११ साउन २०८३, सोमबार

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति भए पुग्छ : उपप्रधानमन्त्री लामिछाने

बैशाख २१, २०८१
काठमाडौं
विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति भए पुग्छ : उपप्रधानमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट होइन  इच्छाशक्ति भए पुग्ने बताएका छन् ।​

​राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद् व्यवस्थापनबारे मन्त्री लामिछानेले भने– 'इच्छाशक्ति हुने हो भने बजेट आफैं व्यवस्थापन हुन्छ । विपद् व्यवस्थापनका लागि आवश्यक उपकरणको जोहो गर्नुपर्ने हुन्छ । त्यसबेला बजेट छैन भन्ने कुरा आउँछ । नागरिकको ज्यान जोगाउने कुरा हो । बजेट छैन भनेर नै विपद् र जोखिम न्यूनीकरण गर्ने विषयमा त्यस्तो विपद आउँदा तत्काल उद्धार गर्नेहरू लामो समयसम्म थन्किएका छन् । प्राथमिकता के हो त्यसमा ध्यान दिनुपर्छ । सरकारका तर्फबाट प्रयास गरी नै रहेका छौं । एकीकृत प्रणालीको अभ्यास गरिरहेका छौं ।'

उपप्रधानमन्त्री लामिछानेले क्षति न्यूनीकरणको पूर्वतयारीमा जोड दिनुपर्ने बताए ।

'विपद् व्यवस्थापनका लागि के मा कति बजेट आवश्यकता पर्छ, त्यसबारे वृहत् छलफल हुनुपर्छ । आवश्यक स्रोतहरू उपलब्ध गराउन सरकार तयार छ', उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्