०७ साउन २०८३, बिहीबार
ठगका अनेक जुक्ति

वैदेशिक रोजगार ठगीः बैंकको केवाईसीमा टाँसेको फोटोबाट खुल्यो आरोपीको पोल

बैशाख २१, २०८१
काठमाडौं
वैदेशिक रोजगार ठगीः बैंकको केवाईसीमा टाँसेको फोटोबाट खुल्यो आरोपीको पोल

वैदेशिक रोजगार ठगीको सिलसिलामा उदयपुर डुम्रेका नारायणबहादुर राईको नाममा गत चैत ६ गते पक्राउ पुर्जी जारी भयो । वैदेशिक रोजगार विभागले राईलाई पक्राउ गरी बुझाउन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्राचार गरेसँगै उनी पक्राउ परे । करोडौं ठगीको आरोप लागेका राईले मोटरसाइकलमा पठाओ चलाएको देखेपछि प्रहरीसमेत चकित परे । ‘यतिका मान्छेबाट करोडौं ठगी गरेर अहिले पठाओ चलाउने’ भन्दै प्रहरीले राईलाई सोधे गरेपछि उनी छक्क परे । पीडितहरूले बैंक सानिमा बैंकमा राईको नाममा खोलिएको बैंक खातामा पैसा पठाएको उजुरीमा उल्लेख गरेपछि प्रहरीले बैंकमा खाता खोल्न प्रयोग भएको नागरिकता विवरण हरायो । नागरिकता राईकै प्रयोग भएको थियो ।

null

राईले प्रहरी बयानमा आफ्नो नागरिकता हराएको र नयाँ बनाइसकेको खुलाएका थिए । अनुसन्धानमा संलग्न प्रहरीलाई अनुसन्धानको सुइ कसरी तान्ने भन्ने चिन्ता बढ्यो । बैंकमा अन्य कुनै कागजात बुझाएको छ कि भनेर खोतल्दा बैंकको खातावालाको जानकारी बुझ्न भरिने फारम (केवाईसी) मा भने राईको फोटो थिएन । फोटो थियो त राजन श्रेष्ठको । रामेछाप तिल्पुङका श्रेष्ठले गरेको चलाखी देखेर प्रहरीसमेत छक्क परे । प्रहरीले श्रेष्ठको फोटो पीडितलाई देखाएपछि पीडितहरूले पैसा र विदेश जानका लागि श्रेष्ठसँगै ‘डिल’ गरेको सुनाए । खोजी गर्दै जाँदा श्रेष्ठ पनि पक्राउ परे । श्रेष्ठको ठगी धन्दालाई साथ दिएका थिए, बाजुराका पर्वतराज भन्ने ईश्वरीराज पाण्डेले ।

null 

यसरी शुरू भयो ठगीको धन्दा

आरोपीमध्येका राजन श्रेष्ठले जापान लगायतका देशमा जाने विद्यार्थीलाई परामर्श दिइ पठाउन सकिने भनी नियोनी एजुकेश प्रालिको नाममा सामाजिक सञ्जालमा विज्ञापन गरेका थिए । उनले पुतलीसडकमा कार्यालय नै सञ्चालन गरेर विज्ञापन गरेपछि विद्यार्थीहरू भटाभट परामर्शका लागि पुगे । त्यतिबेला श्रेष्ठले विद्यार्थीलाई आफ्नो नाम नारायणबहादुर राई बताएका थिए । श्रेष्ठले जापानमा रहेको आफ्नो संस्था इन्टरनेसनल युनिभर्सिटी हेल्थ एन्ड वेलफेयरमा विद्यार्थी माग भएको र त्यसका लागि ५–७ लाख रुपैयाँ लाग्ने बताए । यसपछि विद्यार्थीहरूले आवश्यक कागतपत्र बुझाउन थाले । विद्यार्थीलाई रकम पठाउँदा राईको नाममा सानिमा विकास बैंक र पाण्डेको नाममा कामना विकास बैंकमा रकम जम्मा गर्न लगाइएको थियो । तर, रकम बुझाएको लामो समयसम्म पनि जापान जाने भिसा नआएपछि विद्यार्थीहरूले आफू ठगिएको ठाने ।

null

गत चैत ६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिए । अचम्म कुरा त श्रेष्ठले राईको नागरिकता दुरुपयोग गरेर नियोनी एजुकेसन प्रालि खोलेका थिए । उनीहरूले सोही कम्पनीबाट जापान पठाइदिने आश्वासनमा बैंक खातामा २०० भन्दा बढी व्यक्तिबाट रकम जम्मा गर्न लगाएका थिए । ठगी गर्ने उद्देश्यले श्रेष्ठले सानिमा विकास बैंकमा केवाईसी फारम भर्दा आफ्नो फोटो टाँसेका थिए । तर, बैंकले ख्याल नपुर्याएको हो वा मिलेमतो भन्नेबारे प्रहरी अनुसन्धान जारी नै छ । श्रेष्ठ र पाण्डेले जापानमा अध्ययन तथा रोजगारीका लागि पठाउने भन्दै ४ देखि ७ लाख रुपैयाँसम्म उठाएका थिए । उनीहरूले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख, सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख र अन्य १०० जनाबाट २ करोड ६८ लाख रुपैयाँ उठाएका थिए ।

null 

अरु पीडित पनि आउनसक्ने प्रहरीको दाबी

अनुसन्धान कार्यालयले घटनाबारे जानकारी दिन शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेको थियो । कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले श्रेष्ठ र पाण्डेले अरु सर्वसाधरणलाई पनि ठगी गरेको आशंका रहेको बताए ।

null 

‘हामी थप अनुसन्धानमै छौं, अरु पीडितहरू पनि प्रहरीको सम्पर्कमा आउन सक्छन्,’ उनले भने । भट्टराईका अनुसार ठगी गर्ने उद्देश्यले अरुको नागरिकता दुरुपयोग गरी वैदेशिक रोजगारका नाममा ठगी गरेका श्रेष्ठ र पाण्डेलाई वैदेशिक रोजगार विभाग बुझाइने तयारी छ । 

‘सुरुमा त अनुसन्धान कहाँबाट सुरु गर्ने भन्ने नै गाह्रो भयो, जब बैंकको केवाईसी फारममा फोटो फेला पर्यो, तब अनुसन्धानको लिड फेला पर्यो,’ सुझाव दिँदै उनले भने, ‘वैदेशिक रोजगारमा जान खोज्ने अन्य व्यक्तिलाई पनि मेरो सुझाव छ, सबै कुरा बुझ्दै नबुझी पैसा नबुझाउनु ठगको फेला परिएला ।’ 
 

कमेन्ट गर्नुहोस्