२८ जेठ २०८३, बिहीबार

वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः पर्यटनमन्त्री तामाङ

बैशाख २१, २०८१
काठमाडौं
वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः पर्यटनमन्त्री तामाङ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबैले एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन् । 

निगमले सञ्चालन गरेको उडान सुरक्षासम्बन्धी दुईदिने तालिमको आज समापन गर्दै मन्त्री तामाङले निगमको चुनौती र समस्यालाई समाधन गर्न मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए । 

पर्यटनमन्त्री तामाङले निगमको व्यावसायिक विकासका लागि सबै कर्मचारी एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए । 

निगमको कार्य र भावी योजनाबारे जानकारी गराउँदै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्रालयसँगको प्रभावकारी समन्वय र सहयोगमा निगमको सेवालाई प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गरे । 
तालिममा निगमका पदाधिकारीसहित विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्