२८ जेठ २०८३, बिहीबार

अबको अभिभारा जनताको अवस्था बदल्ने होः मुख्यमन्त्री कँडेल

बैशाख २१, २०८१
सुर्खेत
अबको अभिभारा जनताको अवस्था बदल्ने होः मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अबको अभिभारा जनताको अवस्था बदल्ने भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकाको आज आयोजित दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कँडेलले मुलुकमा व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेकाले अव अवस्था बदल्न लाग्नुपर्ने  बताए ।

  “विगतमा आन्दोलनको समय थियो । त्यतिबेला हरेकलाई आन्दोलनमा हिँडायौँ तर आज त्यो अवस्था छैन । त्यसैले अब विद्यालय निर्माण, बालबालिकाको शिक्षा, स्वास्थ्यलगायत हरेक नागरिकका हकअधिकारहरुलाई सुरक्षित गर्दैै लैजानुपर्ने अभिभारा हाम्रो काँधमा छ”, उनले भने । 

त्यस्तै, नयाँ नेपाल निर्माण र समृद्धिको अभियान अगाडि बढाउने जिम्मा नेकपा (एमाले)को काँधमा आएको भन्दै उनले यो अभियानमा लामबद्ध हुन जरूरी रहेको धारणा राखे । 

salt training

कमेन्ट गर्नुहोस्