
सुदूरपश्चिम प्रदेशसभाको बैठक शनिबार बस्ने तय भएको छ । शुक्रबार नै मुख्यमन्त्रीले विश्वासको मत लिने भनिएपनि गठबन्धनभित्र सहमति नभएपछि स्थगित भएको बैठक शनिबार साँझ साढे ५ बजे बस्न लागेको प्रदेशसभा सचिवालयले एक सूचनामार्फत जनाएको छ ।
बैठकमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनेछन् । यसअघि गठबन्धन दलका नेताहरुबिच छलफल गरेर सहमति जुटाइने बताइएको छ ।