०२ साउन २०८३, शनिबार
टी–२० शृंखला

वेष्ट इण्डिज एविरुद्ध नेपाललाई पहिलो सफलता

बैशाख २२, २०८१
काठमाडौं
वेष्ट इण्डिज एविरुद्ध नेपाललाई पहिलो सफलता

पाँचौं तथा अन्तिम टी-२० खेलमा वेष्टइण्डिज एविरुद्ध नेपालले पहिलो विकेट हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार दिउँसो टस हारेर फिल्डिङको निम्तो पाएको नेपालका लागि सागर ढकाललले पहिलो विकेट लिएका हुन् । 

उनले वेष्टइण्डिजका कादीम अललेईललाई कप्तान रोहित पौडेलमार्फत् क्याच आउट गराए । पौडेलले उत्कृष्ट वान ह्यान्डेड क्याच लिएका हुन् ।

वेस्ट इन्डिजले एक खेलअगावै शृंखला ३-१ ले जितिसकेको छ । नेपाल आजको खेलमा सान्त्वना जितको खोजीमा छ। 

पहिलो खेलमा भने नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको थियो । तर, त्यसपछिका खेलमा नेपाल क्रमश: १० रन, ७६ रन र २८ रनले पराजित हुँदै सिरिज गुमाएको हो ।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप वेस्ट इन्डिजसँग शृंखला खेलिरहेको हो । शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ । विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

नेपालले ४जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ । नेपालको समूह डी मा नेदरल्यान्ड्स,दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्