२५ असार २०८३, बिहीबार

कैलालीमा माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

बैशाख २२, २०८१
कैलाली
कैलालीमा माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलालीको  गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१  वर्षीया लक्ष्मी सिजापती रहेको जनाइएको छ । 

घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रममा माटोको ढिस्कोमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले जानकारी दिए । सिजापतीको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्