३० जेठ २०८३, शनिबार

जापानद्वारा क्षेत्रीय स्थिरताका लागि श्रीलङ्कामा सुधारको खोजी

बैशाख २२, २०८१
काठमाडौं
जापानद्वारा क्षेत्रीय स्थिरताका लागि श्रीलङ्कामा सुधारको खोजी

जापानका विदेशमन्त्री योको कामिकावाले शनिबार रणनीतिकरूपमा राखिएको श्रीलङ्काको आर्थिक सुधार हिन्द–प्रशान्त क्षेत्रमा स्थिरताका लागि आवश्यक भएको बताएकी छन् । उनले कोलम्बोलाई आफ्नो विदेशी ऋणलाई द्रुतरूपमा पुनरसंरचना गर्न आग्रह गरिन् । 

आफ्ना श्रीलङ्काली समकक्षीसँगको वार्तापछि कामिकावाले कोलम्बोले निलम्बित विदेशी कोष अनलक गर्नका लागि द्विपक्षीय ऋणदाता र अन्तर्राष्ट्रिय सार्वभौम बन्डधारकहरूसँगको सम्झौतालाई सुरक्षित गर्नुपर्ने बताइन् । 

सन् २०२२ अप्रिलमा आफ्नो ४६ अर्ब डलरको विदेशी ऋण तिर्न असफल भएको श्रीलङ्काली सरकारले अप्रिलसम्म विदेशी ऋणदाताहरूसँग सम्झौतालाई अन्तिम रूप दिने अपेक्षा गरेको थियो तर अहिलेसम्म कुनै सम्झौता भएको छैन । 

विदेशमन्त्री कामिकावाले श्रीलङ्काको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनसहित ‘सबै ऋणदाताहरूसँग ऋण पुनरसंरचना सम्झौतामा पुग्ने महत्त्वमाथि जोड’ दिइन्। “मैले (ऋण पुनरसंरचना सम्झौतापछि) विद्यमान येन ऋण परियोजनालाई तीव्रताका साथ पुनः सुरु गरेर श्रीलङ्काको विकासमा थप समर्थन दिने जापानको मनसाय पनि अवगत गराएँ”, उनले भनिन् । 

टोक्योले कोलम्बोको आर्थिक सुधारलाई पूरा क्षेत्रका लागि महत्त्वपूर्ण मानेको उनले बताइन् । 

salt training

कमेन्ट गर्नुहोस्