३१ असार २०८३, बुधबार
जसपा विभाजन

जसपाले भन्यो– नयाँ दल दर्ताको निवेदन अवैधानिक

बैशाख २४, २०८१
काठमाडौं
जसपाले भन्यो– नयाँ दल दर्ताको निवेदन अवैधानिक

जनता समाजवादी पार्टी (जसपा) नेपालले ‘अवैधानिक’ निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेको छ । जसपा प्रवक्ता मनीष सुमनले सोमबार दिउँसो विज्ञप्ति जारी गर्दै दल विभाजनसम्बन्धी समाचारबारे पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् ।

हाल संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेजको स्थितिमा रहेको उनले उल्लेख गरेका छन् । उनले बहुमत केन्द्रीय सदस्य पार्टीप्रति प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।

आइतबार नेता अशोक राईको नेतृत्वमा केही केन्द्रीय सदस्य र सांसदले जसपाबाट अलग भई नयाँ पार्टी दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्