
काठमाडौं, ३० असोज — छिट्टै आउन लागेको बलिउड फिल्म 'पद्मावती'प्रति दर्शकको आकर्षण बलियो छ । ट्रेलर हेर्दाखेरी फिल्म निकै भव्य होला जस्तो देखिन्छ ।

दीपिका पादुकोणले पद्मावतीको शीर्ष भूमिका निर्वाह गरेकी छन् । रानी पद्मिनीका रूपमा उनको लूकले धेरैलाई छक्क पारेको छ । उनी यस लूकमा अत्यन्तै सुन्दर देखिएकी छन् ।
दीपिकाले फिल्ममा लगाएको कस्ट्युम सम्हाल्न जो कोहीलाई सहज छैन । उनले लगाएको लहंगा नै २० किलोको छ । चार किलोको त दुपट्टा नै छ ।
त्यसमाथि उनले ११ किलोको गहना लगाएकी छन् ।
भनेपछि दीपिकाले पद्मावतीको गेटअपका लागि ३५ किलो वजन उठाएकी छन् । यो सबैको वशको कुरा हैन । तर एथ्लेटिक बडी भएकी दीपिकाले पात्रलाई न्याय गर्नका लागि यो कदम उठाइन् ।
एजेन्सी