११ साउन २०८३, सोमबार

चुनाव लड्न उमेर र स्वास्थ्यले साथ देला जस्तो छैनः चित्रबहादुर

कात्तिक २०, २०७४
चुनाव लड्न उमेर र स्वास्थ्यले साथ देला जस्तो छैनः चित्रबहादुर
काठमाडौं ३० असोज– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले यसपटक चुनाव नलड्ने भएका छन् । साविकको बाग्लुङ २ बाट चुनाव लड्दै आएका केसी पछिल्लो संविधानसभा चुनावमा समानुपातिक तर्फबाट सांसद बनेका थिए ।

‘साथीहरुको माग म नै बाग्लुङबाट चुनाव लडोस् भन्ने छ, तर उमेर र स्वास्थ्यका कारण चुनाव नलड्ने सोचाइ बनाएको छु’ केसीले लोकान्तरसँग भने । पार्टी कार्यालय जाने क्रममा गतवर्ष चावहिलमा माइक्रोबसबाट खसेपछि केसी लामो समय बिरामी परेका थिए ।

केसीले चुनाव लड्दै आएको बाग्लुङ १ बाट जनमोर्चाले यसपटक अमर थापालाई उम्मेदवार बनाउने भएको छ । राजमोले चुनावमा एमाले र माओवादी केन्द्रसँग चुनावी तालमेलका लागि छलफल भइरहेको बताएको छ ।

लामो समय अर्धभूमिगत रहेका मसालका महामन्त्री मोहनविक्रम सिंहपनि यसपटक प्यूठानबाट चुनाव लड्ने सम्भावना रहेको छ । बाग्लुङ र प्यूठान जनमोर्चाको प्रभाव रहेको क्षेत्र मानिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्